नियम ७५
लाभांशको बदला जायज्यथा दिन सकिने
(१) साधारण सभाले लाभांश घोषित गर्दा त्यस्तो लाभांशको सबै वा केही अंश वापत कुनै खास खास जायज्यथाहरू वितरण गर्ने निर्देश दिन सक्नेछ । त्यस्तो निर्णयलाई सचिवले कार्यान्वित गर्नु पर्छ ।
(२) त्यस्तो वितरणको सम्बन्धमा कुनै कठिनाई आइपरेमा समितिले आफूले उचित देखे बमोजिमको समाधान गर्न सक्नेछ । खास गरेर समितिले त्यस्तो अवस्थामा खण्डी प्रमाणपत्रहरू निष्काशन गर्न, त्यस्तो खास खास जायज्यथाहरू वा त्यसको कुनै अंशको वितरणको निमित्त मूल्य निर्धारित गर्न र सबै पक्षहरूको हकलाई एकनास गरी मिलाउन, त्यसरी निर्धारित गरिएको मूल्यको आधारमा कुनै पनि शेयरहोल्डरलाई नगद भुक्तानी गर्ने गरी निर्णय गर्न सक्नेछ ।